मुम्बई । सन् २००८ मा रिलिज भएको फिल्म ‘दोस्ताना’ को स्वीक्वेल बन्ने भएको छ । करण जोहरले निर्माण गरेको ‘दोस्ताना’ मा अभिषेक बच्चन, प्रियंका चोपडा र जोन अब्राहम मुख्य भूमिकामा थिए । फिल्मले औसत सफलता हासिल गरेको थियो ।
अहिले ‘दोस्ताना’ को स्वीक्वेल बन्ने चर्चा छ । करण जोहर आफै पनि यसको दोस्रो भाग बनाउन चाहिरहेका थिए । पहिले नै तरुणले यसको दोस्रो भागको स्किृप्ट लेख्न थाले ।
जब, उनले स्किृप्ट देखाए कि, करणलाई फिल्मको स्किृप्ट मन परेको थिएन । पछि फिल्मको कथामा परिवर्तन आउँदा आउँदै १० वर्ष बित्यो । लेखकलाई यस्तो लाग्यो कि, फिल्म नै बन्नेवाला छैन । तर, कथाले तब एउटा लाइन समात्यो, जब करण जोहरले एक आइडिया दिए ।
फिल्ममा केही कुरा तय गरिएको छ । अब बन्ने स्वीक्वेलमा अभिषेक र जोन देखिने छैनन् । फिल्ममा नयाँ कलाकारलाई लिइनेछ । शायद एक हिरोका रुपमा वरुण धावन पनि रहन सक्नेछन् ।
खबरका अनुसार फिल्ममा प्रियंका चोपडा पनि रहने छैनिन् । फिल्ममा एक नयाँ ग्ल्यामर्स हिरोइनलाई लिइनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया