काठमाडौं । नेपाल प्रहरीका प्रमुख (आईजीपी) सर्वेन्द्र खनालले बालक अपहरण र इन्काउन्टर प्रकरणबारे जवाफ दिनपर्ने माग गरेका छन् ।
बिहीबार सिंहरबारमा बसेको सुशासन समितिको बैठकमा सांसद देवेन्द्र राज कँडेलले इन्काउन्टरमा प्रहरीमाथि प्रश्न उठेको भन्दै आईजीपीले समितिमा जवाफ दिनुपर्ने माग राखेको छ । उनले आईजीपीलाई समितिमा बोलाएर सत्यतथ्यबारे जानकारी दिनुपर्ने माग समेत गरेका छन् ।
कोटेश्वर काँडाघारीका बालक निशान खड्काको अपहरणपछि हत्या भएसँगै प्रहरी इन्काउन्टरमा अपहरणकारी अजय तामाङ र गोपाल तामाङको मृत्यु भएको थियो ।
इन्काउन्टर फर्जी भएको भन्दै समाचार बाहिर आएसँगै समितिमा जवाफको माग भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया