बालक अपहरणबारे अनुसन्धान हुन्छ : गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले ११ वर्षीय निशान्त खड्का अपहरण र र इन्काउन्टर प्रकरणबारे अनुसन्धान हुने बताएका छन् । 

बिहिवार राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री थापाले भने, ‘सरकारको बालक अपहरण सम्बन्धी आधिकारिक धारणा बाहिर आइसकेको बताए ।’ 

गत सोमबार प्रहरीको गोलि लागेर सिन्धुपाल्चोकका २२ वर्षीय गोपाल तामाङ र नुवाकोटका २३ वर्षीयको अजय तामाङको मृत्यु भएको थियो । प्रहरीले अपहरणकारीसँगको जम्काभेटमा आत्मरक्षाको लागि गोली चलाएको बताउँदै आएको छ । 

तर, घटनाको प्रकृति, प्रत्यक्षदर्शीका अनुसार प्रहरीले कोठाबाट नै पक्राउ गरी जंगलमा लगेर गोली चलाएको देखिन्छ । 

आइतवार साँझ कोटेश्वर काँडाघारीका बालक निशान खड्काको शव सोमबार मध्यान्ह भक्तपुरको थिमीमा मृत अवस्थामा फेला परेको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?