बन्द हुदैछ  सबैभन्दा ठूलो मानव निर्मित झरना

दक्षिण पश्चिम चीनमा एक गगनचुम्बी महलमा बनाइएको विश्वकै सबैभन्दा ठूलो मानव निर्मित झरना बन्द हुने भएको हो ।

अत्यधिक खर्चका कारण झरना सञ्चालन गर्न अप्ठेरो भएसँगै बन्द गर्न लागिएको हो ।

 पर्यटकबाट हुने आम्दानीले  यसको सञ्चालनमा खर्चसमेत उठाउन नसकेपछि यो सेतो हात्ती बन्दै गएको हो  ।

गुइयांग सहरमा बनेको १सय आठ  मिटर अर्थात् ३ सय ५० फिट उचाइको टावरमा उक्त झरना रहेको छ । यो दुई वर्षअघि मात्र तयार भएको हो ।

 यसलाई केवल ६ पटक मात्र सञ्चालन ल्याईएको  छ ।

 कम्पनीका अनुसार  अग्लो टावरमा निरन्तर रुपमा टुप्पोमा पानी पूराएर झरना सञ्चालन गर्दा  अत्यधिक खर्च  भएपछि झरना बन्द गर्ने निर्णयमा यसका मालिक पुगेका हुन्  ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?