एजेन्सी : खगोलशास्त्रीहरूले भारतीय दुरबीनको उपयोग गरी अहिलेसम्म पत्ता नलागेको सुदुर ब्रह्माण्डको रेडियो ग्यालेक्सी फेला पारेका छन् । यो ग्यालेक्सी १२ अर्ब प्रकाशवर्ष टाढा रहेको छ ।
पुनेस्थित विशाल आकारको जायनट मिटर वेभ रेडियो टेलिस्कोपबाट यो ग्यालेक्सी फेला परेको हो ।ब्रह्माण्ड आफ्नो वर्तमान उमेरको मात्र ७ प्रतिशत रहेका बेलाको यो ग्यालेक्सी हो ।
यो दूरबीनको व्यास ४५ मिटरको छ । यो नेशनल सेन्टर फर रेडियो एस्ट्रोफिजिक्सबाट सञ्चालन हुन्छ ।
यो ग्यालेक्सीको दुरी मापन हवाइको जेमिनि नर्थ टेलिस्कोप र अरिजोनाको लार्ज बाइनाकुलर टेलिस्कोपको प्रयोग गरी निधारण गरिएको छ ।
यो ब्रह्माण्ड मात्र १ अर्ब बर्ष पुरानो मात्र रहेका बेला यो ग्यालेक्सी रहेको रोयल एस्ट्रनमिलक सोसाइटीको मासिक संस्करणमा जनाइएको छ ।
यसको अर्थ यो ग्यालेक्सीको प्रकाश करिब १२ अर्ब पुरानो छ ।
यो सानो समयमा कसरी यी ग्यालेक्सीहरू बने भन्ने विषय धेरै अचम्म लाग्दो भएको निदरल्यान्डको लिडने अभजरभेटरीका आयुष सक्सेनाले बताए ।
रेडियो ग्यालेक्सीहरू ब्रह्माण्डमा दुर्लभ वस्तुको रूपमा बुझिन्छ ।
यसको अध्ययनबाट ग्यालेक्सीको निर्माण र विकासबारे जानकारी प्राप्त हुने अनुसन्धानकर्ताहरूले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया