काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि एक अमेरिकी डलरको खरिद दर एक सय ९ रुपैयाँ ५९ पैसा तोकेको छ भने अमेरिकी एक डलरको बिक्री मूल्य भने एक सय १० रुपैयाँ १९ पैया कायम भएको छ ।
यसैगरी एक यूरोको खरिद दर १ सय २७ रुपैयाँ ५ पैसा छ भने बिक्रीदर १ सय २७ रुपैयाँ ७४ पैसा रहेको छ ।
यस्तै युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ४१ रुपैयाँ २४ पैसा छ भने बिक्रीदर १ सय ४२ रुपैयाँ २ पैसा कायम गरेको छ भने जापानीज १० यनको खरिददर ९ रुपैयाँ ८६ पैसा र बिक्रीदर ९ रुपैयाँ ९२ पैसा रहेको छ ।
कतारी एक रियालको खरिददर ३० रुपैयाँ १० पैसा र बिक्रीदर ३० रुपैयाँ २६ पैसा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया