येरी मिना र आन्द्रे गोमेस एभर्टनमा आबद्ध

स्पेन । कोलम्बियाली डिफेण्डर येरी मिनाले बार्सिलोनासँगको सम्झौता एक वर्षमै तोडेका छन् । 

उनले बिहीबार राति इंग्लिस क्लव एभर्टनसँग ३० दशमलब २५ मिलियन पाउण्डको  नयाँ सम्झौता गरेका हुन । 

गत सिजन ब्राजिलको पाल्मेरियसबाट बार्सिलोनासँग सम्झौता गरेका उनले स्पेनी क्लबमा खासै राम्रो प्रर्दशन गर्न सकेनन् । २३ वर्षे मिनाले बार्सिलोनामा मात्र ५ खेल खेलेका थिए । 
एभर्टनका प्रशिक्षक मार्को सिल्भाले सिजनकै उत्कृष्ट अनुबन्धको रुपमा मिनालाई भित्राइएको बताएका छन् ।

हालै सम्पन्न रसिया विश्वकपमा कोलम्बियाले गरेको ६ मध्ये ३ गोल मिनाले गरेका थिए । उनको टोली प्रि—क्वार्टरफाइनलमा इंग्ल्याण्डसँग पराजित भएको थियो ।

त्यस्तै, अर्को पोर्चुगलका मिडफिल्डर आन्द्रे गोमेस पनि नयाँ सिजनमा एभर्टनमा अनुबन्ध भएका छन् । ब्राजिलका विंगर बर्नार्डलाई पनि एभर्टनले आवद्ध गराएका छन् । 

२५ वर्षीय गोमेसलाई भने २ मिलियनमा एक सिजनको लागि लोनमा पठाइएको हो । सन् २०१६ मा भ्यालेन्सियाबाट बार्सिलोना आएका गोमेस पनि मिडफिल्डमा जम्न सकेनन् । उनले बार्सिलोनाका लागि ४६ खेलमा ३ गोल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?