लाइफ इन्स्योरेन्स कर्पोरेशनले ३७ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले आर्थिक वर्ष २०७३–७४ को नाफाबाट ३६ प्रतिशत बोनस र १.८९ प्रतिशत नगद लाभांशसहति ३७.८९ प्रतिशित लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 
बिहीबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चूक्ता पूँजीको ३६ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनार्थ १.८९ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो । 
कम्पनी सचिव विनोद कुमार भुजेलका अनुसार कम्पनीले प्रस्ताव गरेको लाभांश बीमा समितिको स्वीकृति पश्चात कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि मात्र लगानीकर्तालाई वितरण गरिनेछ ।
हाल कम्पनीको एक अर्ब ३३ करोड ४६ लाख चुक्ता पूँजी छ । बोनसपछि कम्पनीको पूँजी एक अर्ब ८१ करोड ५१ लाख पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?