अक्टोबर १ देखि बंगबन्धु गोल्डकप हुने

काठमाडौं । आगामी अक्टोबर १ तारिखदेखि बंगलादेशमा बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । 

प्रतियोगितामा ६ राष्ट्रको सहभागिता रहने बंगलादेश फुटबल फेडेरेसनले जानकारी दिएको हो । बंगलादेशका पिता मानिने बंगबन्धु शेख मुजुबिर रहमानको स्मृती स्वरुप खेलाइदै आइरहेको यो प्रतियोगितामा  अहिलेसम्म नेपाल, फिलिपिन्स र प्यालेष्टाइनलको टिम सहभागी हुने पक्का भएको बताइएको छ । 

प्रतियोगिताको सबै खेल ढाकास्थित बंगबन्धु नेशनल स्टेडियम र सिलेट डिस्ट्रिकमा सञ्चान हुनेछ । 

बंगलादेश फुटबल फेडेरेसन र के स्पोर्टविच भएको सम्झौता कार्यक्रममा बोल्दै संघको अध्यक्ष काजी सलाहुद्धिनले प्रतियोगिताको सहभागिताबारे अरु राष्ट्रहरुसँग पनि कुरा भइरहेको बताए । 

संघका सिनीयर उपाअध्यक्ष अब्दुर सलाम मुर्सेदी र के स्पोर्टसका प्रमुख कार्यकारी अधिकृत फदाह मा करिमले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । 

बंगलादेश फुटबल फेडेरेसनको बिहीवार बसेको बैठकले प्रतियोगिता दुई सातासम्म सञ्चालन गर्ने निर्णय गरेको थियो । 

यसअघि नेपालले सन् २०१६ मा यो प्रतियोगिताको उपाधि उचालेको थियो । अहिले नेपाली टोली आसन्न ‘एशियाड’को तयारीका लागि थाइल्याण्डमा छ ।

 त्यस्तै नेपालले सेप्टेम्वरमा बंगलादेशमै हुने साफ सुजुकी कप फुटबल पनि खेल्ने कार्यक्रम रहेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?