काठमाडौं । मलेसियन प्रिमियर लिग ‘ओडीआई’ क्रिकेट च्याम्पियनसिपमा नेपालका अलराउण्डर सागर पुनले शतक प्रहार गरेका छन्।
जारी च्याम्पियनको खेलमा शुक्रबार क्वालालाम्पुर र सेलाङ्गोरबीच भएको पहिलो सेमिफाइनल खेलमा सागरले शतकीय पारी खेलेका हुन्।
उनले आफ्नो शतकीय पारीमा १ सय १८ बल खेल्दै ९ चौका प्रहार गरे । क्वालालाम्पुरले निर्धारित ५० ओभरमा सागरको शतकसहित ३ सय ५ रन बनाएको छ ।
क्वालालम्पुरको टोलीबाटै खेलेका अर्का नेपाली विकेट किपर ब्याट्सम्यान आशिफ शेखले नटआउट २० रन बनाए थिए।
सेलाङ्गोरविरुद्धको यो खेल क्वालाम्पुरले १ सय २२ रनले जित हात पारेको छ ।
यो खेलसँगै सागरले मलेसियन प्रिमियर लिगमा अहिलेसम्म ९ खेल खेल्दै २ शतक र १ अर्धसतकसहित ४ सय ४२ रन बनाएका छन् । साथै, उनले सागरले ९ खेलमा ९ विकेट पनि लिन सफल भए ।
यो जितसँगै क्वालालाम्पुर तालिकाको शिर्ष स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया