याङ्गुन । म्यानमारका अधिकारीहरुले एकै महिनामा १८ हजार ९ सय ५४ भन्दा बढीलाई विदेशमा काम गर्न जाने अनुमति दिएको जनाएको छ ।
यस अवधिमा १६ हजार ३ सय ७ कामदार छिमेकी देश थाइल्याडमा, १ हजार ८ सय ७१ जना मलेसियामा, ४ सय ३६ जना जापानमा र अरु बाँकी दक्षिण कोरिया, सिङ्गापुर, जोर्डन र संयुक्त अरब इमिरेट्स युएई पुगेका छन् ।
यद्यपी गत महिना म्यानमारको विभिन्न क्षेत्र र राज्यमा २३ हजारभन्दा बढी व्यक्तिलाई स्थानीय रोजगारको अवसर दिलाइएको थियो ।
म्यान्मारको श्रम, आप्रवासन तथा जनसंख्या मन्त्रालयले स्थानीय र वैदेशिक रोजगारको अवसर र व्यवस्थापन गरिआएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया