काठमाडाैं : पूर्व क्रिकेटर र्इमरान खानले पाकिस्तानको प्रधानमन्त्रीका रूपमा अगस्ट २८ मा सपथ लिँदैछन् ।
सो सपथग्रहण समारोहमा दक्षिण एसियाका राष्ट्रप्रमुखहरूलार्इ निम्तो गरिने पूर्वअांकलन विपरित खानले अाफ्नो समयका प्रतिद्वन्द्वी भारतीय क्रिकेटहरूलार्इ पहिलो निम्तो पठाएका छन् ।
खानले भारतीय पूर्व क्रिकेटरहरू सुनिल गावस्कर, कपिल देव र नवजोतशिंह सिद्धुलार्इ सपथग्रहणमा अाउन निम्तो पठाएका हुन् ।
खानको पाकिस्तान तहरिक-ए-र्इन्साफ (पीटीअार्इ) ले सपथ ग्रहण समारोहको अाैपचारिक मिति तय गरिसकेको छ ।
सपथग्रहणमा भारतीय पूर्वक्रिकेटरहरूलार्इ निम्तो दिएपनि पाकिस्तानको संसदले खानलार्इ प्रधानमन्त्रीमा निर्वाचित गरिसकेको भने छैन ।
तर, पीटीअार्इले १ सय ८० भन्दा बढी सांसदको समर्थनमा खान प्रधानमन्त्री चुनिने दाबी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया