काठमाडौं– तोकिएको समय अवधि भन्दा अगावै जलविद्युत आयोजना बनाउँदै आएको अपि पवार कम्पनी लिमिटेडले ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजना बनाउने भएको छ । यसका लागि अपि पावर कम्पनी र नेपाल विद्युत प्राधिकरणको ग्रिड संचालन विभाग विच मिति २०७५-०४-२५ (शुक्रबार) ४० मेगावट क्षमताको माथिल्लो चमेलियाको ग्रिड कनेक्शन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
हस्ताक्षर पत्रमा अपि पावर कम्पनीको तर्फबाट कम्पनीका संचालक महेन्द्र न्यौपाने र नेपाल विद्युत प्राधिकरणको ग्रिड संचालक विभागका निर्देशक दिर्घायु कुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
यस सम्झौता अनुरुप अपि पावर कम्पनीले निर्माण गर्ने ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविुद्यत आयोजनबाट उत्पादित विद्युत शक्ति बँलाच सव स्टेशनको १३२ के.भि. वसबारमा जडान गरिनेछ । ४० मेगावाटको चमेलिया जलविद्युत आयोजना निर्माण सम्पन्नपछि नेपालको सुदुर पश्चिम क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास कम्पनीले लिइएको छ ।
४० मेगावटको माथिल्लो चमेलिया जलविद्युत आयोजना अपि पावर कम्पनी लिमिटेडले निर्माण गर्न लागेको यो तेस्रो आयोजना हो । यसअघि छोटो समयमा करिव १७ महिनाभित्र ८.५ मेगावट क्षमताको नौगड गाढ साना जलविद्युत आयोजना सम्पन्न गरी २०७२ साल भदौै महिनादेखि विद्युत प्रवाह गरिरहेको छ । त्यसैगरी कम्पनीले हाल निर्माण गरिरहेको सोही नदिमा ८ मेगावटको अपर नौगड गाढ जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको छ ।
यस अपि पावर कम्पनीले जलविद्युतको अलावा १८ मेगावाटको सैर्य उर्जा उत्पादन गर्ने तयारी गरिरहेको छ । यसका लागि नेपाल विद्युत प्राधिकरणले जारी गरेको टेण्डरमा सहभागि भई १८ मेगावाट क्षमताको सोलार आयोजना परेको थियो । कम्पनीले प्राप्त गरेको १८ मेगावट क्षमतको सोलार अयोजना यसै आर्थिंक वर्षभित्र सम्पन्न गरी राष्ट्रिय प्रशारण लाइनमा जडान गर्ने लक्ष्य राखेको छ ।
यसरी हेर्दा अपि पावर कम्पनीले छोटो समयमा धमाधम जलविद्युत आयोजनाहरु निर्माण गरी सेयरधनीहरुलाई उचित प्रतिफल दिने हेतुल अगाडि बढीरहेको छ । नीजि जलविद्युत क्षेत्रबाट देशको चरम लोडसेडिङ अन्त्य गर्न अपि पावर कम्पनीले महत्वपूण भूमिका खेल्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया