काठमाडौं । भुटानमा जारी यू-१५ महिला 'साफ' च्याम्पियनसिप अन्तर्गत नेपाल र पाकिस्तानबीचको पहिलो हाफ सकिएको छ ।
थिम्पुमा अहिले भइरहेको समूह ‘बी’ को पहिलो खेलमा नेपालले पहिलो हाफसम्म २-० गोल अन्तरले अगाडी रहेको छ ।
खेल शुरु भएको ८ मिनेट पनि बित्न नपाउँदै नेपाका लागि अनुस्का शेर्पाले पहिलो गोल गर्दै टिमलाई शुरुवाती अग्रता दिलाइन् । त्यस्तै, १४ औं मिनेटमा सबिता राना मगरले गोल गर्दै टिमलाई दोब्बर अग्रता दिलाइन् ।
एक पक्षिय रहेको खेलको पहिलो हाफसम्म नेपाल २-० गोल अन्तरले अगाडी रहेको छ ।
गत संस्करणमा चौथो भएको नेपाल समूह ‘बी’को विजेता बन्ने लक्ष्यमा छ । नेपालले समूह चरणमा पाकिस्तान र बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया