काठमाडौं । भुटानमा जारी यू-१५ महिला साफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।
थिम्पुको चाङलीमिथाङग स्टेडियममा शनिबार राति भएको समूह ‘बी’ को पहिलो खेलमा नेपालले पाकिस्तानको यू-१५ टोलीलाई ४-० गोलले पराजित गरेको हो ।
खेल शुरु भएको ८ मिनेट पनि बित्न नपाउँदै नेपालका लागि अनुस्का शेर्पाले पहिलो गोल गर्दै टिमलाई शुरुवाती अग्रता दिलाइन् । त्यस्तै, १४ औं मिनेटमा सबिता राना मगरले गोल गर्दै टिमलाई दोब्बर अग्रता दिलाइन् ।
एक पक्षिय रहेको खेलको पहिलो हाफसम्म नेपाल २-० गोल अन्तरले अगाडी रहेको छ ।
त्यस्तै, दोस्रो हाफको ५६ औं मिनेटमा सबिता रानाले व्यक्ति दोस्रो तथा टिमका लागि तेस्रो गोल गरिन् । ५९ औं मिनेटमा नेपालका लागी रजनी थोकरले गोल गर्दै खेललाई ४-० को स्थितीमा पु¥याइन् ।निर्धारित ९० मिनेटको समयसम्म पाकिस्तानले पनि केहि गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेल ४-० ले हा¥यो ।
अब नेपालले यहि सोमवार साबिक विजेता बंगलादेशसँग खेल्नेछ ।
गत संस्करणमा चौथो भएको नेपाल समूह ‘बी’को विजेता बन्ने लक्ष्यमा छ । नेपालले समूह चरणमा पाकिस्तान र बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया