नोबेल पुरस्कार विजेता नयपालको निधन

एजेन्सी: साहित्य क्षेत्रको नोबल पुरस्कार विजेता एवं प्रसिद्ध लेखक भीएस नयपालको निधन भएको छ । 

परिवारिक स्रोतको जानकारी अनुसार उनको उमेर र ८५  वर्ष थियो । लन्डनस्थित आफ्नै निवासमा उनले देहत्याग गरेका हुन् ।

नयपालको सन् १९३२मा  त्रिनिडाडमा भएको थियो ।त्रिनिडाडमा हुर्केका नयापालले अक्सफर्ड युनिभर्सिटीमा अध्ययन गरेका थिए ।

लेखन क्षेत्रमा चर्चित हुन अघि उनले बीबीसीमा समेत काम गरेका थिए । उनका चर्चित कृतिहरूमा ‘अ बेन्ड इन द रिभर’ र अ हाउस फर मिस्टर बिश्वास’ रहेका छन् ।

नयपाललाई सन् १९७१मा बुकर प्राइज र सन् २००१मा साहित्यका लागि नोबेल पुरस्कारबाट सम्मानित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?