अाजदेखि नयाँ नेपाल लघुवित्तको २५०% हकप्रद

काठमाडाैं : अाजदेखि नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले अाफ्ना शेयरधनीका लागि २५०% हकप्रद शेयर अावेदन खोलेको छ । 

साउन २७ गते (अाज) देखि कम्पनीले १:२.५ अनुपातमा ५ लाख कित्ता सेयर बेच्न लागेको हो । सय रुपैयाँ अंकित मूल्यको यो हकप्रदमा साउन ६ गतेसम्म कायम भएका सेयरधनीहरुले भदौ ३१ गतेसम्म आवेदन दिन सक्नेछन् । 

बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी काठमाडौं तथा एनएमबि बैंकका अधिकांश शाखा कार्यालयबाट नयाँ नेपालको हकप्रदका लागि आवेदन दिन सकिन्छ । यसैगरि, देवः विकास बैंकको धुलिखेल शाखा तथा गुडविल फाइनान्सको हात्तिसार, डिल्लीबजार, इन्द्रचोक र कुमारीपार्टी शाखाबाट पनि आवेदन दिन सकिने संस्थाले जानकारी दिएको छ ।  

सेन्ट्रल फाइनान्सको कुपण्डोल र चाबहिल शाखा तथा धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सेवामा सहभागी वित्तीय संस्थाबाट पनि हकप्रद भर्न सकिन्छ । 

हाल २ करोड ४० लाख रुपैयाँ चुक्तापूँजी रहेको नयाँ नेपालले हकप्रद बिक्रीपछि ८ करोड ४० लाख रूपैयाँ पु-याउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?