इंग्ल्याण्ड । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सी, म्यानचेस्टर युनाइटेड र टोट्नह्यामले विजयी शुरुवातगरेका छन् ।
शनिवार राति सम्पन्न भएको खेलमा चेल्सीले हडर्सफिल्ड टाउनलाई ३-० गोल अन्तरले पराजित गर्दै अंक तालिकामा महत्वपूर्ण ३ अंक जोडेको छ । खेल शुरु भएको ३४ औं मिनेटमा चेल्सीका लागि एगोलो कान्टेले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।
त्यस्तै, पहिलो हाफ सकिनै लाग्दा डेबुटान्ट जोर्गिन्होले गोल गर्दै क्लबको अग्रतालाई दोब्बर बनाए । उनले पेनाल्टमीमार्फत गोल गरे । एक पक्षिय रहेको खेलको ८० औं पेड्रोले गोल गरेपछि हडर्सफिल्ड स्तब्ध भएको थियो ।
यता शनिवारराती नै भएको अर्को खेलमा म्यान्चेस्टर युनाइटेडले लिसेस्टर सिटीलाई २-१ गोल अन्तरले पराजित गर्यो । म्यान्युलाई जीत दिलाउन खेलको पल पोग्बा र लुक शले समान एक-एक गोल गरे । पोग्बाले खेलको तीन मिनेटमा नै पेनाल्टीमार्फत गोल गरे ।
शले ८३ औं मिनेटमा गोल गरे । यता लिसेस्टर सिटीका लागि जेमी वार्डीले एक मात्र सान्त्वना गोल फर्काएका थिए ।
शनिवारराति नै भएको खेलमा टोट्नह्यामले न्युक्यासल सिटीमाथि २-१ गोल अन्तरको जित दर्ता गराउन सफल भयो । टोट्नह्यामलाई जीत दिलाउन जान भेर्टोनगेन र डेल एलीले एक-एक गोल गरे ।
न्यु क्यासलका जोसेलुले एक मात्र गोल फर्काएका थिए ।
त्यस्तै, शनिवार राति नै भएका अन्य खेलहरुमा किस्टर प्यालेसले फुलह्यामलाई २-० गोलले, वाटफोर्डले ब्राइटनलाई २-० ले तथा बोर्नमाउथ सिटीले कार्डिफ सिटीलाई २-० ले पराजित गर्यो। यता, उल्भस् र कार्डिफ सिटीबीचको खेल भने २-२ गोलको बराबरीमा सकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया