सुर्खेत : सरकारी निकायहरूले सहयोग नगरेपछि जुम्लाका खेलाडीहरू अाफ्नै खर्चमा अन्तर्राष्ट्रिय म्याराथुन दाैडमा भाग लिन जान लागेका छन् ।
भारतको राजस्थानमा आयोजना हुने चौथो ‘माउण्ट आबु अन्तर्राष्ट्रिय म्याराथुन रेस’ मा जुम्लाका सुनमाया बुढा, राममाया बुढा, सीता न्यौपाने र नरेश बुढाले भाग लिँदैछन् । खेल भदाै ३ गते हुनेछ ।
खेलाडीहरूलार्इ व्यक्तिगतरुपमा उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष रामदत्त रावलले पाँच हजार, राजकुमार शाहीले पाँच हजार र स्थानीय क्लबले ५० हजार रूपैयाँ उपलब्ध गराएको छ ।
यी खेलाडीहरूले हाफ म्याराथुन अर्थात् २१.९ किलोमिटर दाैडने छन् । त्यसका लागि उनीहरूले ‘ब्रह्मकुमारी शान्ति वन (तेलहटी) देखि ब्रह्माकुमारी ओम शान्ति भवन’ राजस्थानसम्म दौड्नुपर्नेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया