काठमाडाैं : नेपाल एसबीअार्इ बैंकले गत अार्थिक बर्ष २०७४/७५ मा १ अर्ब ८७ करोड रूपैयाँ खुद नाफा कमाएको छ। यसमध्ये १ अर्ब ३४ करोड रूपैयाँ बराबरको नाफा वितरणयोग्य रहेको नेपाल फार्इनान्सिङ रिपोर्टिङ स्ट्यान्डर्ड (एनएफअारएस) ले जनाएको छ ।
एसबीअार्इले गत अार्थिक बर्षमा अघिल्लो अार्थिक बर्षको तुलनामा करिब २० प्रतिशतले बढी नाफा गरिएको देखिएको छ । बैंकले नियामकीय व्यवस्थाका लागि ५४ करोड ६३ लाख रूपैयाँ छुट्याएको छ ।
नियामक केन्द्रीय बैंकले तोकेको ८ अर्ब रूपैयाँ चुक्ता पूँजी कायम गरिसकेको एसबीअार्इले अघिल्ल्लो अार्थिक बर्षको तुलनामा १६ प्रतिशतले चुक्ता पुँजी समेत बढाएको देखिएको छ । चुक्तापूँजीकै अनुपातमा बैंकले अाम्दानी बढाउँदा यसको सकारात्मक प्रभाव प्रतिशेयर अाम्दानीमा समेत देखिएको छ । हाल यो बैंकको प्रतिशेयर अाम्दानी २३ रूपैयाँ ३२ पैसा रहेको छ ।
एसबीअार्इले निक्षेप (बचत) का तुलनामा धेरै कर्जा (ऋण) प्रवाह गरेको देखिएको छ । ब्याज अाम्दानीका तुलनामा ब्याज खर्च पनि उच्च देखिएको छ भने सिसिडी रेसियो ७४.३८ प्रतिशत पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया