कोरिया शिखर सम्मेलनका लागि बरिष्ठ अधिकारीहरूबीच छलफल

एजेन्सी : दुबै कोरियाका बरिष्ठ अधिकारीहरूले दवै देशका राष्ट्रप्रमुख बीचको शिखर सम्मेलन तय गर्न सोमबार छलफल गरेकाछन् ।

दक्षिण कोरियाका राष्ट्रपति मून जाए इन र उत्तर कोरियाली नेता किम जोंग उनबीच हुने शिखर वार्ताका लागि यो बैठकको आयोजना गरिएको हो ।

अमेरिका र उत्तर कोरियाबीच परमाणु कार्यक्रमसम्बन्धी विषयमा गर्नुपर्ने कार्य अघि बढाउन यो शिखर वार्ता हुने भएको हो ।

यी दुई नेताबीच पहिलो भेट गत अप्रिलमा भएको थियो । त्यसपछि फेरि मे महिनामा बढी औपचारिक वार्ता भएको थियो । 

दुबै कोरियाली नेताले जुनमा सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किमबीच भएको शिखर वार्ताको गतिलाई अगाडि बढाउने विषयमा छलफल गर्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?