जर्मनी। बायर्न म्युनिखले जर्मन सुपर कप फुटबलको उपाधि जितेको छ ।
कमर्जबैंक एरिनामा आइतवारराति समपन्न भएको खेलमा बायर्न म्युनिखले इन्ट्राच्ट फ्राङ्कफ्रटलाई ५–० गोल अन्तरले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । बायर्न म्युनिखका लागि रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गरे ।
खेलको २१ औं म्युनिखका लागि रोबर्ट लेवान्डोस्कीले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए । २६ औं मिनेटमा लेवान्डोस्कीले दोस्रो गोल गरे । खेलको पहिलो हाफसम्म २—० गोल अन्तरले अगाडी रहेको बायर्न म्युनिखका लागि ५४ औं मिनेठमा गोल गर्दै लेवान्डोस्कीले ह्याट्रिक पुरा गरे ।
एक पक्षिय रहेको खेलको किङ्सले कोमानले ६३ औं मिनेटमा गरे । ८५ औं मिनेटमा थियागो अलकान्ताराले गोल गर्दै जीत सुनिश्चित पारे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया