फ्रान्स । पेरिस सेन्ट जर्मन ‘पिएसजी’ले फ्रेन्च लिग वानमा विजयी शुरुवात गरेको छ ।
आफ्नो घरेलु मैदान पार्क डि प्रिन्सेसममा आइतवारराति सम्पन्न भएको खेलमा ‘पिएसजी’ले काइनलाई ३—० गोल अन्तरले पराजित गर्दै लिगमा सुखद शुरुवात गरेको हो ।
खेल शुरु भएको १० मिनेट पनि बित्न नपाउँदै नेयमारले पहिलो गोल गर्दै क्लबलाई अग्रता दिलाए । उनले क्रिस्टोफोर एनकुन्कुको क्रसलाई सदुपयोग गर्दै गोलपोष्टको जाली चुमाएका थिए । त्यस्तै, ३५ औं मिनेटमा एड्रियन रोबिओटले एन्जल डि मारियाको पासमा गोल गरे ।
खेलको इन्जुरी समयमा टिमोथी वेहले गोल गरेपछि काइन क्लब स्तब्ध भएको थियो ।
खेलको ८२ औं मिनेटमा टिमोथी नेयमारको स्थानमा मैदानमा प्रवेश गरेका थिए । जितसँगै ‘पिएसजी’ले महत्वपूण्र्न तीन अंक जाडेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया