काठमाडौं । भुटानमा जारी यू-१५ महिला 'साफ' च्याम्पियनसिप अन्तर्गत सोमवार राति नेपालले साबिक विजेता बंगलादेशको सामना गर्दैछ ।
दुई टिमबीचको खेल थिम्पुको चाङलीमिथाङग स्टेडियममा हुँदैछ । लगातार दुई भेटमा हार बेहोरेको नेपाल बंगलादेशलाई पराजित गर्दै बदला लिने रणनीतिका साथ मैदानमा उत्रदैछ ।
नेपाली टिमका प्रशिक्षक गंगा गुरुङले बंगलादेश राम्रो टिम भएको बताइन् । साथै, उनले नेपाली खेलाडीहरु जीत निकाल्ने लक्ष्यका साथै मैदानमा उत्रने पनि जानकारी दिइन् ।
यता, बंगलादेशका प्रशिक्षक छोतनले समूहको च्याम्पियन बन्नुका साथै ६ अंक बटुल्दै फाइनल पुग्नु भएको बताए ।
‘हामीहरुको खेल जित्नु मात्र लक्ष्य होइन्, खेलको स्तर र प्रर्दशनलाई सुधार गर्नु पनि हो । पाकिस्तानसँगको खेल भन्दा सोमवारको खेलमा अझ सुधारिएको र निखारिएको खेल प्रर्दशन गर्ने तयारीमा छौं ।’ उनले भने ।
सन् १०१६ मा भएको भेटमा बंगलादेशले नेपाललाई ९-० ले तथा २०१७ मा ६-० गोलले हराएको थियो । यसअघि समूह ‘बी’को पहिलो खेलमा नेपालले पाकिस्तानलाई ४-० गोलले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको थियो ।
त्यस्तै, बंगलादेशले पाकिस्तानलाई १४-० गोलले हराउँदै अघिल्लो चरणमा पुगेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया