भदौ ३० देखि पाँचौ ढोरपाटन पुरुष भलिबल हुने

काठमाडौं । आगामी भदौं  ३० गतेदेखि पाँचौ ढोरपाटन पुरुष खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ ।

नेपाल भलिबल संघको संयोजन तथा ढोरपाटन क्लबको आयोजनामा पाँचौ ढोरपाटन 'एम १५०' पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो । असोज ६ गते सम्म चल्ने प्रतियोगितामा १६ टिमको सहभागिता रहने सोमवार काठमाडौमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो । 

प्रतियोगिताको विजेताले १ लाख नगद रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै, उप विजेताले ६० हजार र तेस्रो हुने टिमलाई ५० हजार प्रदान गरिने ढोरपाटन क्लबमा अध्यक्ष मनबिन छन्त्यालले जानकारी दिए । साथै, उनले यो प्रतियोगिता लिगकम नटआउटका आधारमा खेलाइने पनि जानकारी दिए ।

प्रतियोगिताको लागि १२ लाख रुपैयाँ खर्च हुने पनि कार्यक्रममा जानकारी दिइयो ।  त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई एक थान स्कुटर प्रदान गरिनेछ । विधागत उत्कृष्ट खेलाडीहरुले नगद ५ हजार प्राप्त गर्नेछन्।  प्रतियोगिता हेर्ने भाग्यमानी एक जना दर्शकले १ थान स्कुटर प्रदान गर्ने पनि जानकारी दिइयो । 

यसैबीच, आयोजक ढोरपाटन क्लबले प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा रहेको यती ब्रुवरी प्रालीसँग सम्झौता समेत गरेको छ। सोमवार आयोजकका तर्फबाट अध्यक्ष मनबीर छन्त्याल र यती ब्रुअरीका मार्केटिङ म्यानेजर बिभो रायमाझीले हस्ताक्षर गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?