एजेन्सी :अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी एक पूर्व सल्लाहकारले आफूलाई पदबाट हटाएपछि ट्रम्पको फोन कल रेकर्ड गरिएको टेप सार्वजनिक गरेकी छिन् ।
ओमारोसा म्यानिगल्ट न्युम्यानले सो टेप सार्वजनिक गरेकी हुन् ।
अमेरिकी टेलिभिजन च्यानल एनबीसीमा सार्वजनिक गरिएको सो टेपमा राष्ट्रपति ट्रम्पको बोली भएको बुझिन्छ ।
यो टेप सार्वजनिक भएपछि अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले पूर्व कर्मचारीको क्रियाकलापप्रति आक्रोश व्यक्त गरेको छ ।
राष्ट्रपति ट्रम्पले उनले काम गुमाएपछि आफूमाथि आक्रमण शुरू गर्न थालेकी आरोप लगाएका छन् ।
ट्रम्पका वकिल रुडी गियुलियानीले ह्वाइटहाउसको नीजी संवादलाई रेकर्ड गरेर म्यानिगल्ट न्यूम्यानले कानुन उल्लंघन गरेको बताए ।
टेपमा राष्ट्रपति ट्रम्पको स्वरले म्यानिगल्ट न्यूम्यानलाई उनी काम छोड्न लागेको सुनेको , के भइरहेको छ ? भनेको सुनिन्छ ।
जवाफमा जनरल केली आएर तिमीहरू छोड्न लागेको सुनिन्छ ।
त्यसपछि फेर जवाफ सुनिन्छ “ हैन कसैले मलाई यसबारेमा भनेन् । तिमी बुझ्छौ, उनीहरूले कुनै ठूलो अपरेशन चलाउँछन् तर मलाई थाहा छैन् । मलाई थाहा छैन । तिमी छोडेर जानु मलाई राम्रो लाग्दैन् ।
” १३ डिसेम्बरमा अमेरिकी सञ्चार माध्यमले न्यूम्यानले सहकर्मीहरूलाई दिक्क बनाएकाले उनलाई निकालिएको जनायो ।
टेप सार्वजनिक गरी कानुन उल्लंघन गरेको हो भनि सोधिएको प्रश्नको जवाफमा न्युम्यानले त्यसको बचाउ गर्दै भनिन् “ आफूलाई बचाउन यसो गरेको किनभने ह्वाइट हाउसमा हरेक व्यक्ति झूठो बोल्छन् ।”
राष्ट्रपति ट्रम्पले काममा रहँदा गोप्य कुरा नखुलाउने सम्झौतामा हस्ताक्षर गरेकी उनले यो टेप खुलाउँदा सम्झौताको उल्लंघन गरेको ट्विटे ।
न्यूम्यानले भने ” राष्ट्रपति नश्लवादी हुन् ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया