काठमाडौं । आज मे ३१ अर्थात ‘विश्व धुम्रपान रहित दिवस’ । सुर्तीजन्य पदार्थको सेवनले शरीरमा हानिका साथसाथै विभिन्न रोगको जोखिम बढ्छ भन्ने कुरा बालकदेखि वृद्धसम्म सबैलाई थाहा छ । विगत दुई दशकको तथ्याङ्कलाई हेर्दा सुर्तीजन्य पदार्थको बढ्दो उपभोगले धेरै गम्भीर स्वास्थ्य समस्याको जोखिम बढाएको छ, त्यसैले मानिसको उमेर घटेको छ । यसै विषयमा केन्द्रित भएर सुर्तीजन्य पदार्थबाट हुने हानिबारे केही जानकारी लिऔँ ।
सुर्तीजन्य पदार्थको सेवनबाट हुने गम्भीर खतराहरूबारे हामी सबै सचेत छौं, तर पनि यो लतले हाम्रो ज्यान लिइरहेको छ भन्ने तथ्यलाई नकार्न सकिँदैन। सामान्यतया धुम्रपान निषेध दिवस जस्ता विशेष दिनमा यसका शारीरिक दुष्प्रभाव र रोकथामका उपायहरूबारे छलफल गरेर फेरि एक वर्षसम्म यो विषयलाई ख्याल भने गरिदैन ।
सुर्तीजन्य पदार्थका कारण शरीरमा हुने हानिको कुरा पटक–पटक भइरहन्छ, तर यसले दीर्घकालीन रूपमा हाम्रो वातावरणमा कत्तिको गम्भीर हानी पुर्याइरहेको हुन्छ ।
सुर्तीजन्य पदार्थको वातावरणीय प्रभाव :
यस वर्षको विश्व धुम्रपान रहित दिवसको नारा वातावरणमा केन्द्रित छ । विश्व वातावरण दिवस पनि जुन ५ मा मनाइन्छ र धुम्रपान रहित दिवस २०२२ को नारा ‘प्रोटेक्ट द इन्वायरमेन्ट’ रहेको छ। सुर्ती मानव स्वास्थ्य र वातावरण दुवैका लागि विषभन्दा कम नहुने खतराबारे धेरै अनुसन्धानले सचेत गराउँदै आएका छन् । सुर्तीजन्य पदार्थको फोहोर (गुटका र्यापर, कागज, चुरोटको बाँकी भाग) ले वातावरण प्रणालीलाई असर गरेको छ। सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने प्रत्यक्ष९अप्रत्यक्ष रोगबाट हरेक वर्ष ८० लाख भन्दा बढी मानिसको मृत्यु हुन्छ। यससँगै सूर्ति उद्योगको फोहोर, सुर्तीजन्य पदार्थको उत्पादन र प्याकेजिङले वातावरणमा भयावह क्षति पुर्याइरहेको छ ।
सुर्तीजन्य पदार्थले वातावरणलाई कसरी हानि गर्छ ?
सुर्तीजन्य पदार्थको तयारीले वातावरणलाई गम्भीर हानी पुर्याइरहेको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाउँछ ।
विश्वव्यापी रूपमा, ६०० मिलियन भन्दा बढी रूखहरू काटिएका छन् र २२अर्ब लीटर भन्दा बढी पानी विश्वव्यापी रूपमा चुरोट बनाउन प्रयोग गरिन्छ। यसबाहेक वन फँडानी, पानी र कार्बनडाइअक्साइड उत्सर्जन, यी तीनवटै वातावरणका लागि सुर्तीजन्य पदार्थले चुनौतीहरू सिर्जना गरिरहेका छन् ।
यी तथ्याङ्कहरूको आधारमा, यो भन्न सकिन्छ कि सुर्तीजन्य पदार्थको उत्पादन र प्रयोगले हाम्रो पानी र माटो वातावरणलाई विषाक्त बनाइरहेको छ।
१० वर्षसम्म प्रदूषित क्षेत्रमा बस्दा फोक्सोलाई ३० वर्षसम्म दैनिक चुरोट पिउँदा जत्तिकै नोक्सान हुन्छ। अब तपाई आफै सोच्नुहोस्, चुरोटले हाम्रो स्वास्थ्यको लागि कति हानिकारक छ ।
सुर्ती उद्योगबाट हुने वातावरणीय क्षतिलाई कसरी कम गर्ने ?
सबै भन्दा पहिले हामीले आफूबाट सुरु गर्नुपर्छ ९ हामीले हाम्रो सुर्तीजन्य उत्पादनहरू छोडेर सुरु गर्नुपर्छ। प्रत्येक चुरोट, सास फेर्नदेखि धुवाँ सम्म, प्राकृतिक स्रोतहरूको लागि खतरा हो । प्रत्येक चुरोटले लगभग १।३९ ग्राम मानव निर्मित हरितगृह ग्यास उत्सर्जन गर्छ।
यदि तपाइँ दिनमा १० वटा चुरोट पिउनुहुन्छ भने, तपाइँ वार्षिक रूपमा ११ पाउन्ड कार्बन डाइअक्साइड वातावरणमा छोड्दै हुनुहुन्छ । यो कति हानिकारक छ हामी सबैलाई राम्ररी थाहा छ। चुरोट छाड्ने बाँचा लियौं भने वातावरण संरक्षणमा कति अमूल्य योगदान दिन सक्छौं त्यसबारे सोच्न जरुरी देखिन्छ ।
वातावरणीय सङ्कटको खतरालाई कागजमा मात्रै हेर्नुको सट्टा यसको गम्भीरता बुझेर वातावरण संरक्षणमा ध्यान केन्द्रित गर्न आवश्यक छ । आजका कुराहरूलाई बेवास्ता गर्ने हाम्रो बानीले आगामी पुस्ताको अस्तित्वलाई खतरामा पार्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया