काठमाडौं । नेपालको आग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडको प्रमुख टेक्नालोजी अफिसरमा सुवास थापा नियुक्त भएका छन् ।
थापालाई मंगलबार फोनपेको सञ्चालक समितिले नियुक्त गरेको हो । वित्तीय प्रविधि (फिनटेक) उद्योगको क्षेत्रमा ९ वर्षभन्दा बढी सेवा अनुभव सम्हालिसकेका थापाले नेपाल क्लियरिङ हाउस लिमिटेडमा ’हेड–प्रोडक्ट र सिस्टम डेभलपमेन्ट’को रूपमा काम गरिसकेका छन् ।
राष्ट्रिय भुक्तानी स्वीच परियोजनाहरू कार्यान्वयन गर्न समेत साथा प्रमुख भूमिकामा रहेका थिए । व्यवसाय प्रक्रिया पुनः इन्जिनियरिङ, प्रविधि डिजाइन, समाधान विकास, सरोकारवाला सचेतना र म्यानुअल भुक्तानी प्रक्रियाको डिजिटलाइजेशनको कार्यान्वयनमा सक्रियरूपमा संलग्न सुवा थापा संलग्न हुँदै आएका छन् ।
कम्प्युटर एप्लिकेसनमा मास्टर डिग्री गरेका थपासँग क्याम्ब्रिज विश्वविद्यालयअन्तर्गत वैकल्पिक वित्तको लागि क्याम्ब्रिज केन्द्रबाट ’क्याम्ब्रिज फिनटेक र रेगुलेटरी इनोभेसन’ कार्यक्रम पूरा गरेको अनुभव पनि छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया