कक्षा ११ को ग्रेड वृद्धि परीक्षाको समयतालिका सार्वजनिक

लोकपथ
735
Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेड वृद्धि परीक्षाको समयतालिका सार्वजनिक गरेको छ ।

जेठ २९ गतेदेखि सञ्चालन हुन लागेको कक्षा ११ को साधारण (संगीत, ललितकला र संस्कृत विषय समूहसमेत) तथा प्राविधिक समूह तर्फका ग्रेड वृद्धि एवं आंशिक परीक्षाको समयतालिका सार्वजनिक भएको हो ।

विद्यार्थीले परीक्षा नियन्त्रण गर्न नपाइने र परीक्षामा सहभागी हुने परीक्षार्थीहरूको परीक्षा केन्द्र विद्यार्थी संख्याको आधारमा एउटा जिल्लामा न्यूनतम एक केन्द्र हुने गरी कायम गरिने उल्लेख गरेको छ ।

बोर्डको परीक्षा नियन्त्रण कार्यालयले बिहान ८ बजेदेखि ११ बजेसम्म हुने परीक्षामा अनुपस्थित हुने परीक्षार्थीका लागि पुन: अर्को व्यवस्था नहुने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?