गरिमा विकास बैंकद्वारा जिल्ला प्रहरी कार्यालय स्याङ्जालाई सुरक्षा बेल्ट हस्तान्तरण

लोकपथ
28
Shares

काठमाडौं । गरिमा विकास बैंकले जिल्ला प्रहरी कार्यालय स्याङ्जालाई रात्रिकालीन सुरक्षा बेल्ट हस्तान्तरण गरेको छ ।

बैंकले गणतन्त्र दिवसको अवसर पारेर आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सामग्री हस्तान्तरण गरेको हो ।

बैंकले सामाजिक उत्तरदायित्वलाई प्राथमिकताका साथ आत्मसात् गरी समाजको विकास र स्तरोन्नतिका लागि निरन्तर काम गर्दै आइरहेको छ ।

हरेक वर्ष विभिन्न सामाजिक उत्तरदायित्वका काम गर्दै आएको छ । स्याङ्जामा रात्रिकालीन अवस्थामा खटिने ट्राफिक प्रहरीहरुका लागि २ सय ७२ थान रात्रिकालीन सुरक्षा बेल्ट जिल्ला प्रहरी कार्यालय स्याङ्जालाई हस्तान्तरण गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले जिल्ला प्रहरी कार्यालय, स्याङ्जालाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

हाल बैंकका नेपालभर १ सय २१ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५१ एटीएम रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?