काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको निर्माणको तयारी थालेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएलगत्तै राष्ट्र बैंकको मौद्रिक नीतिको निर्माणको तयारीमा जुटेको हो ।
जसका लागि बैंकले मंगलबार मौद्रिक नीतिका लागि आफ्ना सुझाव पठाउन आह्वान गरेको छ । राष्ट्र बैंकको अनुसन्धान विभागको इमेल [email protected] वा बालुवाटारस्थित ठेगानामा पुग्ने गरी सुझाव पठाउन सकिने सूचनामा उल्लेख छ ।
सामान्यतया सरकारले प्रस्तुत गर्ने बजेटले लिएको मौद्रिक लक्ष्यहरु पूरा गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीति बनाउने गर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया