काठमाडौं । इण्डोनेशियामा हुने १८ औं एशियाली खेलकुद ‘एशियाड’ अन्तर्गत नेपालले जापानसँग भिड्दैछ ।
नेपालको यू-२३ टिमले एशियाली पावर हाउस नामले परिचित जापानसँग आमने-सामने हुँदैछन् । यि दुई टिमबीचको खेल इण्डोनेशियाको सिकाराङस्थित विबावा मुक्ति स्टेडियममा हुनेछ । मंगलवार साझ पौने ६ बजे शुरु हुने खेलमा नेपाल जीत हात पार्ने रणनीतिका साथ मैदानमा उत्रदैछ ।
नेपाली टोलीले यसअघि थाइल्याण्डमा १० दिनको विशेष प्रशिक्षण लिएको थियो । थाइल्याण्डमा प्रशिक्षणरत खेलाडी २९ मध्ये २० खेलाडी इण्डोनेसियामा छन् ।
ओलम्पिक टोलीमा तीन जना सिनियर खेलाडीले खेल्न पाउने प्रावधान अनुसार नेपाली टोलीमा कप्तान गोलरक्षक किरण चेम्जोङ, मिडफिल्डरहरु रोहित चन्द र बिशाल राईले पनि खेल खेल्दैछन् । ‘एशियाड’को समूह ‘डी’ मा परेको नेपालले दोस्रो खेल आगामी बिहीवार भियतनामसँग खेल्नेछ ।
त्यस्तै, समूहको अन्तिम खेलमा पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया