काठमाडौं । कृष्णकुमार कुन्नाथ (केके)को मृत्युको खबरले अहिले बलिउड जगत स्तब्ध भएको छ । केकेका लागि स्टुडियो उनको लागि पूजास्थलभन्दा कम थिएन।
उनी भन्थे- ‘मेरो लागि म्युजिक स्टुडियो एउटा भान्साकोठा हो जसमा म आफ्नो स्वादअनुसार सबै कुरा जोडेर गीत पकाउँछु। यसैमा म आराम पाउँछु।’ मञ्चका लागि सधैं आफ्नो सबै ऊर्जा जोगाउने कुरा गर्ने केके मंगलबार साँझ स्टेजबाटै आफ्ना फ्यानहरूलाई बिदाइ गरे।
दुई वर्षको उमेरमा पहिलो पटक स्टेजमा गीत गाएका केके संगीत सिक्न केही दिन मात्र विद्यालय गएका थिए । अन्य बच्चाहरूलाई सिक्न महिनौं लाग्ने धुन, अभ्यास र प्रदर्शन गर्दै उनी दुई दिनमा घर फर्किए। उनका घरका सबैजना संगीतका पुजारी थिए। बुबा संगीतको साेखिन थिए। आमा गाउँथिन् । हजुरआमा पनि संगीतको अग्रगामी थिइन् । मोहम्मद रफीदेखि किशोर कुमार र येसुदासदेखि पी सुशीलासम्म, प्रत्येकले केकेलाई मन पराउँथे। कुनै पनि राग तुरुन्तै गाउनको लागि ईश्वरीय आशीर्वाद प्राप्त गर्ने थोरै गायकहरूमध्ये उनी एक थिए ।
हिन्दी सिनेमामा फिल्म ‘हम दिल दे चुके सनम’ को पहिलो गीत ‘तडप तडप’ बाट विश्वको ध्यान तानेका थिए । उनको यो गीत निकै चर्चित भएको थियो । अहिले पनि युवापुस्ताले उनको यो गित मन पराउने गरेका छन् । ‘तडप तडप’ गीत नै केकेको पहिलो पहिचान बन्यो ।
उनले पाश्र्वगायनमा आउनुअघि झण्डै ३ हजार ५ सय जिंगल गाएका थिए ।उनले सन् १९९९ को विश्वकप क्रिकेटको समयमा भारतीय क्रिकेट टिमको समर्थनका लागि ‘जोश अफ इण्डिया’ नामको गीत गाएका थिए । म्यूजिक एलबम ‘पल’बाट गायकका रुपमा करियर सुरु गरेका उनले त्यसपछि मात्र बलिउडमा पाइला चाले ।
हिन्दीसहित उनले तमिल, तेलुगु, कन्नड, मलयालम, मराठी, बंगाली, असमिया, गुजराती र हिन्दी भाषाका गीत छन् । झण्डै ७ सय बढी गीत गाएका उनी सन् २००० को दशकमा भारतका सर्वाधिक सफल गायक हुन् ।
उनका लोकप्रिय गीतमा ‘तडप तडप के इस दिल से’, तमिल गीत ‘अपाडी पोडु’, ‘डोला रे डोला’, ‘क्या मुझे प्यार हे’, ‘वो लम्हे’, ‘आँखो मे तेरी’, ‘बचना ए हसिनो’, ‘खुदा जाने’, ‘पिया आए ना’, ‘मर्डर ३’ को ‘मत आजमा रे’, ‘इण्डिया वाले’ र ‘तु जो मिला’ जस्ता गीत लोकप्रिय छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया