काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले मंगलबार(जेठ १७ गते) देखि थप २ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. १ मा पथरी शाखा र सुनसरीको इनरुवा नगरपालिका–१, भगवतीरोड मा इनरुवा शाखा बाट सेवा प्रारम्भ गरेको हो ।
पथरी शाखा बैंकका संचालक समिति सदस्यमनबहादुर राईर पथरी शनिश्चरे नगरपालिकाको मेयर मोहनप्रसाद तुम्वापोले पथरी शाखाको संयुत्त समुद्घाटन गरी सेवा शुभारम्भ गरेका हुन् ।
उक्त कार्यक्रममा बैंकका संचालक समिति सदस्य अभिषेक बर्जचार्य, प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख बजार अधिकृत श्रीमती अनुपमा श्रेष्ठ मानन्धर, पथरी शनिश्चरे उद्योग वाणिज्य संघकी उपाध्यक्ष श्रीमती आशा राई, पथरी शनिश्चरे वडा नं १ को वडा अध्यक्ष भिम कुमार राई, इलाका प्रहरी कार्यालय पथरी शनिश्चरेको राजेन्द्र कुमार पौडेल लगायत बैंकका कर्मचारीहरु तथा स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।
साथै इनरुवा शाखा बैंकका संचालक समिति सदस्य अभिषेक बर्जचार्यर इनरुवा नगरपालिकाको मेयर केदार भण्डारीज्यूले संयुत्त समुद्घाटन गरी सेवा शुभारम्भ गरेका हुन् । उक्त कार्यक्रममा बैंकको प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख बजार अधिकृत श्रीमती अनुपमा श्रेष्ठ मानन्धर, इनरुवा नगरपालिकाको उपमेयर विनिता मेहता, इनरुवा नगरपालिकाको पूर्व मेयर गोपाल कोईराला, इनरुवा उद्योग वाणिज्य संघका उपाध्यक्ष गिरीराज अटल, बैंकका कर्मचारीहरु तथा स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।
२०७८ चैत्रमसान्तसम्ममा बैंकले रु. ९२ अर्ब ९६ करोड निक्षेप संकलन र कर्जा रु. ८९ अर्ब ६५ करोड कर्जा प्रदान गरी १ अर्ब १ करोड ५६ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । उक्त मुनाफा गत वर्षको सोही अवधिको तुलनामा १८३.५९ प्रतिशतले बढी हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया