काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा वीरकृष्ण महर्जन नियुक्त भएका छन्।
कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले महर्जनलाई आज (बुधबार)देखि लागू हुनेगरी सीईओमा नियुक्त गरेको हो। उनको कार्यकाल ४ वर्षको हुनेछ।
यसअघि सीईओ विजयबहादुर शाहको चारवर्षे कार्यकाल गत साउन ९ गते सकिएको थियो। झन्डै ११ महिनादेखि सीईओ विहीन बनेको कम्पनीले महर्जन नियुक्त गरेको हो। महर्जन यसअघि प्रुडेन्सियल इन्स्योरेन्समा सीईओ थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया