एनएमबी बैंकद्वारा नेदरल्याण्ड डेभलपमेन्ट अर्गनाईजेसनको सहयोगमा चुल्हो वितरण

लोकपथ
476
Shares

काठमाडौं । एनएमबि बैंक लिमिटेडले नेदरल्याण्ड डेभलपमेन्ट अर्गनाईजेसन (एसएनभी) को रिजल्ट बेस फाईनान्सिङ परियोजना अन्तर्गत ५ हजार ७२८ सुधारिएको चुल्हो वितरण गरिएको छ । बैंकले परियोजनासँग मिलेर उक्त परियोजनाको लागि कोष व्यवस्थापकको रुपमा काम गरेको थियो ।

परियोजनाअन्तर्गत नेपालमा सुधारिएको चुल्हो वितरण गरेर ग्रामिण भेगका जनताहरुको जिवनस्तर सुधार गर्ने उदेश्यका साथ प्राक्टिकल एसएनभीसँग बैंकले सहकार्य गरेर सुदुर पश्चिम र कर्णालीका विभिन्न ग्रामिण भेगमा सुधारिएको चुल्होहरु वितरण गरेको हो ।

बैंकको लघुवित्त विभागले एसएनभीसँग सहकार्य गरेर उक्त परियोजना सफलतापूर्वक कार्य गरिरहेको छ भने यस परियोजनाको साथसाथै अन्य बिभिन्न परियोजनाहरुसँग सहकार्य गरेर सेवा प्रदान गर्दै आइरहेको छ ।

यस परियोजनाले दाउराको खपत घटाएर बनको संरक्षणमा मद्धत पुग्ने, विषेश गरी महिला दिदीबहिनीहरुले भान्छाको लागि गर्नुपर्ने कठिनाइमा कमि ल्याउने, धुवाँ धुलोमा कमिको कारणले वायू प्रदुषणमा समेत नियन्त्रण भई समग्र आगलागीको खतरा तथा धुंवा तथा धुलोको कारणले स्वास्थमा आउने रोग तथा बिकारहरुमा समेत कमिहुने विश्वास लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?