काठमाडाैं : छिमेकी राष्ट्र चीनलार्इ उपहार दिनका लागि समातिएको 'सोल्टी' र 'मितिनी' नामाकरण गरिएका गैंडालार्इ बुधबार बिहान काठमाडाैं ल्यार्इँदैछ ।
चितवन राष्ट्रिय निकुञ्जले यी जोडी गैंडालार्इ सेनाको स्कर्टिङसहित सडकमार्गबाट काठमाडाैं पठाएको हो । काठको खोर (पीट बोमा) मा थुनेर ट्रकमा राखि गैंडालार्इ काठमाडाैं पठार्इएको चितवन राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ ।
चितवनबाट काठमाडाैं ल्यार्इएका गैडालार्इ भोली (बिहिबार) साँझ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट चीन पठार्इँदैछ ।
चीन पठाउन लागिएकामध्ये 'साेल्टी' (भाले) गैंडालार्इ गत बर्ष अाएको बाढीले बगाएपछि भारतीय सिमा त्रिवेणीबाट उद्दार गरिएको थियो । यस्तै, 'मितिनी' (पोथी) लार्इ निकुञ्जको पश्चिम सेक्टरबाट गत बैशाखमा समातेर साैराहामा राखिएको थियो ।
नेपालले यसअघि बैशाख २८ गते पनि 'रूपसी' र 'भद्र' नाम गरेका एकजोडी गैंडा चीनलार्इ उपहार दिर्इसकेको छ । यी गैंडालार्इ चीनले हाल 'चिमे लङ सफारी पार्क'मा राखेको छ ।
नेपालमा पार्इने एकसिंगे गैंडालार्इ विश्वकै दुर्लभ प्राणी मानिन्छ । नेपालमा हाल ६ सय ५ वटा एकसिंगे गैंडा छन् ।
नेपाल सरकारले हालसम्म १० वटा देशहरूलार्इ २६ वटा गैंडा उपहार दिएको छ । सन् १९८४ मा भारतलार्इ ४, सन् १९८७ मा अमेरिकालार्इ २ र जर्मनी, बंगलादेश, अष्ट्रिया र जापान सरकारलार्इ २-२ वटाका दरले नेपाल सरकारले गैंडा उपहार दिएको हो ।
यस्तै पाकिस्तान, बर्मा र थार्इल्याण्डलार्इ पनि दुर्इवटाका दरले गैंडा उपहार दिर्इसकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया