काठमाडौं- ‘द भ्वाइस अफ नेपाल’का म्युजिक डाइरेक्टर करणराज कार्की र गायिका सुनिता थेगिमको आवाजमा ‘ए साइँली’ बोलको गीत सार्वजनिक भएको छ ।
‘संगीत भकारी’ नामक युट्युब च्यानलबाट शुक्रबार सार्वजनिक भएको गीतकाे तामाङ भर्सन यसअघि नै राजु लामा र सुनिता थेगिमकाे स्वरमा सार्वजनिक भइसकेकाे छ । तामाङ भर्सनले युट्युब र टिकटकमा समेत राम्राे चर्चा पाइसकेकाे छ ।
सुगम संगीतमा लोक भाव मिश्रण गरिएको लेखु सहयात्रीको शब्द रहेको गीतमा करणराज कार्कीले संगीत भरेका हुन् ।
देवेश राईको संगीत संयोजन रहेको गीत ए–वन म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको गीतको ध्वनि सम्पादन किशोर थापाको गरेका हुन् ।
भिडियाे हेर्नुहाेस्ः
गीतमा निकै मिहिनेत गरेकाे गायक करणराज कार्की बताउँछन् ।
‘शब्द, संगीत, गायन र भिडियो मेकिङमा समेत धेरै मिहिनेत गरेका छौँ । दर्शक, श्राेताले हाम्रो कामलाई हेरिदिएर हामीलाई नयाँ काम गर्ने हौसला दिनुहुनेछ भन्ने अपेक्षा लिएको छु’, उनले भने ।
भिडियाेमा अन्तरजातीय प्रेमलाई प्रस्तुत गरिएकाे छ । तामाङ समुदायकाे युवा र बाहुन समुदायकी युवतीबीचकाे प्रेमलाई मीठाे ढङ्गले प्रस्तुत गरिएकाे छ ।
मौसम हिमालीको निर्देशन रहेको उक्त गीतमा बिपिन श्रेष्ठ र रोशनी कार्कीको अभिनय छ। नुवाकोट र धादिङका रमणीय स्थानमा खिचिएकाे भिडियाे कन्सेप्ट पनि कलात्मक रहेकाे देख्न सकिन्छ ।
तामाङ भर्सन हेर्नुहाेस्ः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया