एजेन्सी : विदेशी कम्पनीले भारु छाप्ने ठेक्का पाएको भनेपछि भारतमा विवाद उत्पन्न भएको छ ।
प्रतिपक्षीले यो समाचारलाई लिएर सरकारमाथि आक्रमण गर्न थालेपछि भारत सरकारले समाचार गलत भएको जनाएको छ ।
भारत सरकारले कुनै चिनियाँ कम्पनीले भारतीय मुद्रा छाप्ने भनि सार्वजनिक भएको समाचार गलत भएको जनाएको हो ।
समाचार सार्वजनिक भएपछि त्यो समाचार सामाजिक सञ्जालमा भाइरल हुने पुगेपछि भारत सरकारले यसलाई निराधार भनेर टिप्पणी पनि ग-यो ।
साउथ चाइना मर्निंग पोस्टले छापेको एक समाचारमा अन्तरराष्ट्रिय मुद्रा छाप्ने ठेक्का एक चिनियाँ कम्पनीले पाएको उल्लेख गरिएको छ ।
त्यो समाचारमा त्यो कम्पनीले मुद्रा छाप्ने देशहरूमा भारत पनि उल्लेख भएको देखेर भारतीयहरूले आलोचना गर्न थालेका छन् ।
आलोचना गर्नेहरूले यसलाई राष्ट्रिय सुरक्षासँग जोडेर सामाजिक सञ्जालमा आएपछि भाइरल भयो ।
आर्थिक मामिलासम्बन्धी विभागका अधिकारीहरूका अनुसार यो समाचार निराधार छ ।
भारतीय मुद्रा छाप्ने काम भारतको केन्द्रीय बैंक रिर्जभ बैंक अफ इन्डियाको छापाखानामा छापिन्छ ।
कांग्रेसी नेता शशि थरूरले भारतसँग यसबार जानकारी माग गरेका थिए ।
दिलली सरकारका प्रवक्ता समेत गरी विभिन्न राजनेताहरूले यसबाट भारतको वित्तीय सम्प्रभुता खतरामा पर्न सक्ने जनाएका छन् ।
सार्वजनिक समाचारका आधारमा चाइना बैंक नोट प्रिन्ट एन्ड मिन्टिंग करपोरेशनले यो ठेक्का पाएको दाबी गरेको छ ।
यो कम्पनी दुनियाँको सबै मनि प्रिन्टर भएको दाबी गरेको छ ।
भारत लगायत थाइल्यान्ड, बंगलादशे, श्रीलंका,मलेसिया, ब्राजिल र पोल्यान्डको मुद्रा छाप्ने दाबी कम्पनीका एक अधिकारीले गरेको समाचार छापिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया