म्युजिक नेपालको युट्युब च्यानल ह्याक

लोकपथ
119
Shares

काठमाडौं । म्युजिक नेपालको युट्युब च्यानल ह्याक भएको छ । नेपालमा सबैभन्दा बढी सब्सक्राइबर रहेको च्यानललाई ह्याकरले नियन्त्रणमा लिएर ‘टेस्लाको लाइभ गरेका छन् । टेस्ला सबैभन्दा धनी एलन मस्कको कम्पनी हो ।

उक्त च्यानलमा ६९ लाखभन्दा बढी सब्सक्राइबर छन् । म्युजिक नेपालले च्यानल ह्याक भएको जानकारी दिँदै नियन्त्रणमा आइसकेको जनाएको छ । तर नाम भने परिवर्तन भएर ‘टेस्ला लाइभ’ भएकाे छ । यो च्यानल नेपालमा सबैभन्दा बढी सब्सक्राइबर भएको च्यानल समेत हो ।

ह्याक भए पनि च्यानलमा रहेका भिडियो भने गायब छैनन् । यसअघि ओएसआर डिजिटल, बुढा सुब्बा डिजिटल, सगरमाथा टीभी, गायक कमल खत्री, भिटेनलगायतका च्यानल ह्याक भएका थिए ।

अघिल्लो पटक ह्याक भएका च्यानलबाट क्रिप्टोकरेन्सीको लाइभ हुने गरेका थिए । यस पटकचाहिँ नाम परिवर्तन गरेर टेस्ला लाइभ मात्र लेखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?