रणवीर र दीपिकाको बिहे पक्का

एजेन्सी । बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको आगामी नोभेम्बरको २० तारिखमा विवाह गर्ने भएका छन् ।

भारतीय मिडियाले उनीहरुको बिहेको मिति सार्वजनिक गरेका छन्।

उनीहरुको बिहेको मिति सार्वजनिक भएसंगै पुरा बलिउडमा चर्चाको बिषय भएको छ । 

विवहा इटालीमा हुने जनाइएको छ। विवाहपछि दीपिका र रणवीरले मुम्बईमा पूरै बलिउड इन्डस्ट्रीका लागि रिसेप्सन पार्टी राख्नेछन् ।

विवाहका लागि सम्पुर्ण तयारी सकिसकेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । साथै फिल्मकर्मीले यो जोडीलाई बधाई दिन थालेका छन्।

विवाह स्थल लेक कोमो नजिकै हुनेछ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?