मेगा बैंकको नाफा १ अर्ब ४ करोड रूपैयाँ

काठमाडाैं : गत अार्थिक बर्षमा मेगा बैंकले १ अर्ब ४ करोड ६६ लाख रूपैयाँ खुद मुनाफा गरेको छ । 

स्थापना भएको ८ बर्षमै मेगा बैंक बार्षिक एक अर्ब रूपैयाँ भन्दा बढि नाफा कमाउन सफल भएको हो । १ अर्ब नाफा कमाएसँगै मेगाले अाफु 'बिलिनायर क्लब' मा प्रवेश गरेको जनाएको छ ।

मेगा र टुरिजम डेभलपमेन्ट बैंकबीच गत वैशाख ३० गते मर्जर भएको थियो । त्यतिखेर मेगाले ९ महिनाको खुद मुनाफाबाट १४ करोड रूपैयाँ रिजर्भ राखेको थियो । रिजर्भसमेत जोड्द बैंकले १ अर्ब १९ करोड रूपैयाँ खुद मुनाफा गरेको देखिन्छ । 

मुनाफासँगै बैंकले ग्राहक पनि ९०% ले बृद्दि गरेको छ । अघिल्लो अार्थिक बर्षमा २ लाख ६० हजार ग्राहक रहेकोमा गत अार्थिक बर्षमा मेगाको ग्राहक संख्या ४ लाख ९६ हजार पुगेको बैंकले जानकारी दिएको छ । 

अघिल्लो अार्थिक बर्षमा कूल निक्षेप ३८ अर्ब ९४ करोड रूपैयाँ रहेकोमा गत अार्थिक बर्षमा ६२ करोड रूपैयाँ निक्षेप संकलन गरेको छ । कर्जातर्फ २२ अर्ब ७ करोड रूपेयाँले बृद्दि गरेको छ । 

गत अार्थिक बर्षमा ४७ वटा मात्रै शाखा रहेको मेगा बैंकले हालसम्म १ सय १ वटा शाखा विस्तार गरेको छ । १४ वटा एक्सटेन्सन काउन्छर, १ सय १९ वटा शाखारहित बैंकिङ सेवा, २ हजारभन्दा बढि रेमिट सञ्जाल र ७४ वटा एटीएमसहित मेगाले स्थापना भएको छोटो समयमै बैंकिङ सेवा विस्तारमा उल्लेखनीय फड्को मारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?