काठमाडौं । सरकारले स्थानीय तहहरूका लागि आगामी आर्थिक वर्ष २०७९/८० को बजेट छुट्याएको छ । जसअनुसार स्थानीय तहहरूले अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत ३ खर्ब ३७ करोड १६ लाख बजेट पाएका छन् ।
समानीकरण अनुदानअन्तर्गत स्थानीय तहहरुको लागि १ खर्ब २३ करोड बजेट विनियोजन भएको छ भने ससर्त अनुदानतर्फ १ खर्ब ८३ अर्ब ७२ करोड बजेट पाउने भएका छन् ।
समपुरक अनुदानका लागि स्थानीय तहलाई ७ अर्ब २७ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । विशेष अनुदानतर्फ स्थानीय तहलाई ९ अर्ब १४ करोड रुपैयाँ विनियोजन भएको छ ।
विवरण हेर्नुहोस् :-
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया