भारतले ७२औं स्वतन्त्रता दिवस मनायो

एजेन्सी : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार ७२औं स्वतन्त्रता दिवसको अवसरमा दिल्लीको लाल किलाबाट ८२ मिनेटको लामो सम्बोधन गरेका छन् ।

मोदीले पाँचौं पटक स्वतन्त्रता दिवसको अवसरमा लालकिलाबाट राष्ट्रिय ध्वज फहराएका हुन् ।

त्यसक्रममा मोदीले सन् २०२२ अघि अन्तरिक्षमा मानव मिसन पठाउने योजनाको घोषणा गरे ।  

त्यसपछि मानव मिसनमा सक्रिय देशहरूमा भारत चौथो बन्नेछ ।

अर्को महत्वपूर्ण घोषणामा मोदीले सशस्त्र बलमा महिला र पुरूषलाई समान स्थायी कमिसन दिने र तेस्रोमा १० करोड गरिब परिवारलाई ५ लाख भारुसम्मको निशुल्क स्वास्थ्य सेवा सुविधा दिने घोषणा रहेको छ ।२५ सेप्टेम्बरबाट भारतले आयुष्मान भारतय योजनाको सञ्चालन गर्नेछ ।

३५ वर्ष पहिले भारतबाट राकेश शर्मा अन्तरिक्षको यात्रा गरेका थिए ।

१ अप्रिल १९८३मा शर्मा अन्तरिक्ष गएका थिए । यो अन्तरिक्ष यात्रा सोभियत रकेट सोयुजको सहयोगमा पूरा भएको थियो ।

अहिलेसम्म अन्तरिक्षमा रुस, अमेरिका र चीनले मात्र मानिव अभिायन संलग्न रहेका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?