जापानका सम्राट अकिहितोले युद्ध अन्त्यको अन्तिम सम्बोधन गरे

एजेन्सी : जापानका सम्राट अकिहितोले दोस्रो विश्वयुद्धको विषयमा युद्ध अन्त्यसम्बन्धी आफ्नो अन्तिम सम्बोधन गरेकाछन् ।

वार्षिकरूपमा यो कार्यक्रममा सम्राटले सम्बोधन गर्ने चलन रहिआएकोमा अब उनले राजगद्दी त्याग गर्ने भएका छन् ।

८४ वर्षीय सम्राट अकिहितोले आगामी अप्रिलमा राजमुकुट युवराज नरुहितोलाई सम्पन्ने भएका छन् ।

टोकियोका बुदोकान हालमा आयोजित कार्यक्रममा अकिहितोले त्यस युद्धमा जापानी भूमिकाप्रति दुःख व्यक्त गरे ।

त्यसक्रममा उनले त्यो त्रासदी कहिल्यै नहोरियोस भन्ने कामना गरेका थिए ।

प्रधानमन्त्री शिन्जो आबे त्यहाँबाट टाढा युद्धमा मारिएकाहरूप्रति सम्मान प्रकट गर्न पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?