नेपालगन्ज, २९ असोज ।प्रेस काउन्सिल नेपालका सदस्य संगीता खड्काले पत्रकार आचारसंहिता पालना नगर्ने सञ्चार संस्थानलाई कारबाहीको दायरामा ल्याइने बताएकी छिन ।काउन्सिलको सहकार्यमा नेपाल पत्रकार महासंघ बाँकेद्वारा शनिबार यहाँ आयोजित ‘पत्रकार आचारसंहिता पालनामा सञ्चार संस्थाको’ भूमिका विषयको अन्तक्र्रिया कार्यक्रममा उहाँले सञ्चार संस्था नागरिकप्रति जिम्मेवार हुनुपर्नेमा जोड दिँदै त्यसका लागि पत्रकार र सञ्चार संस्था कसैको आग्रह तथा पूर्वाग्रहमा लाग्न हुँदैन भनीन ।कार्यक्रममा महासंघका जिल्ला अध्यक्ष ठाकुरसिंह थारु, पूर्वअध्यक्षद्वय नीरज गौतम र रुद्र सुवेदी, पत्रकार कृष्ण खनाल, सकिल अहमद कादरी, आलम खान, दुर्गा रोकाय र तिलक गाउँलेले स्वतन्त्र तथा निष्पक्ष पत्रकारिता गर्नका लागि पत्रकार आचारसंहितालाई शिरोधार्य गर्नुपर्ने धारणा राखे । त्यस अवसरमा काउन्सिलद्वारा प्रकाशित त्रैमासिक पुस्तिका ‘संहिता’ र वार्षिक प्रतिवेदन सहभागी पत्रकारलाई उपलब्ध गराइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया