दोहोरो अंकले बढ्यो सेयर बजार

काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ । २८.७३ अंकले बढेको बजारमा कारोबार पनि अघिल्लो दिनको तुलनामा दोब्बर भएको छ ।

यस दिन ३६ करोड एक लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज कारोबारमा १६५ कम्पनी सामेल थिए । सबै समुह बढ्दा सबैभन्दा बढी नीर्जिवन बिमा कम्पनी २०५.६४ अंकले बढेको छ भने जीवन बिमा तर्फ १२९.८२ अंकको बृद्धि छ । 

यस दिन नबिल बैंकको १ करोड ६४ लाख ८१ ह्जारको सेयर किनबेच भएको छ । यो आजको सबैभन्दा बढी कारोबार हो । यस्तै दोस्रोमा प्राइम कर्मसियल बैंक र तेस्रोमा नबिल बैंककै संस्थापक सेयरको बढी कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?