काठमाडाैं । गरिमा विकास बैंक र जंगल भिल्ला रिसोर्टबीच सम्झौता भएको छ । आन्तरिक पर्यटनलाई प्रोत्साहन तथा प्रवर्द्धन गर्नुको साथै बैंकका ग्राहकहरुलाई थप सुविधा प्रदान गर्नका लागि उक्त सम्झौता भएको हो ।
सम्झौताअनुसार बैंकका ग्राहकहरुले उक्त होटलले रुम तथा फुड एण्ड वेभरेजमा समान १५ प्रतिशत छुट प्रदान गर्नेछन् । यस बैंकका डेबिट कार्ड र गरिमा स्मार्ट प्रयोग गरी बिल भुक्तानी गर्ने ग्राहकले उक्त होटलबाट उल्लिखित छुट सुविधाहरु लिन सक्नेछन् ।
हाल गरिमा विकास बैंकले १२१ शाखा कार्यालय, एउटा एक्स्टेन्सन काउन्टर र ५१ वटा एटीएमबाट आफ्ना ग्राहकहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया