जारी यू-१५ महिला साफ: नेपाल र भारत भिड्दै

काठमाडौं । भुटानमा जारी यू—१५ महिला साफ च्याम्पियनसिप अन्तर्गत आज नेपालले बलियो प्रतिद्धन्दी भारतको सामना गर्दैछ । 

चाम्लिङथाङ रंगशालामा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजेपछि शुरु हुँदैछ । पहिलो खेलमा पाकिस्तानसँग जीत र बंगलादेशसँग हार बेहोरेको नेपाल समूहको उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो ।

आज दिउँसो हुने सेमिफाइनल खेलमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गर्ने लक्ष्यका साथ मैदानमा उत्रदैछ । 

यता, भारतले समूह चरणको खेलमा श्रीलंकालाई १—० ले तथा आयोजनक भुटानलाई १४—० गोलले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको थियो । 

अघिल्लो संस्करणमा पहिलो चरणबाटै बाहिरिएको नेपालले यसपटक भने निकै नै आशालाग्दो प्रदर्शन गरेको छ । त्यस्तै, आजै हुने अर्को खेलमा बंगलादेशले आयोजक भुटानको सामना गर्दैछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?