राष्ट्र बैंकले फेरि २१ अर्ब नौ करोडको ट्रेजरी बिल बिक्री गर्ने

लोकपथ
77
Shares

काठमाडौ । भोलि सोमबार नेपाल राष्ट्र बैंकले पुन: २१ अर्ब नौ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बोलकबोलका माध्यमद्वारा बिक्री गर्न लागिएको उक्त ट्रेजरी बिल खरिदको लागि सो दिन अपरान्ह तीन बजेसम्म आवेदन दिन सकिनेछ ।

जेठ २४ गते जारी मिती तोकिएको ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । बिक्री गरिने कुल ट्रेजरीमध्येमा ९१ दिने अवधिको चार अर्ब २६ करोड, एक सय ८२ दिने अवधिको १० अर्ब र तीन सय ६४ दिने अवधिको छ अर्ब ८३ करोड रुपैयाँको रहेको छ ।

यसरी बिक्री गरिने कुल ट्रेजरीमध्येमा पुरानो नविकरणअन्तर्गत १६ अर्ब नौ करोड र बाँकी पाँच अर्ब रुपैयाँको रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यी ट्रेजरी बिलहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७९ भदौ २१ गते, २०७९ भदौ २० गते र २०८० जेठ २३ गते तोकिएका छन् । यसअघि यही जेठ १६ गते पनि राष्ट्र बैंकले २३ अर्ब १३ करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?